अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुनर्निर्मित धरहरा चढ्दा आइफल टावर चढेको स्मरण भयो : प्रधानमन्त्री ओली

पुनर्निर्मित धरहरा चढ्दा आइफल टावर चढेको स्मरण भयो : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा विगभन्दा मजबुद र सुन्दर बनको बताउनुभएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि ध्वस्त भएको पुनःर्निर्मित धरहराको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘आधुनिक सामग्री प्रयोग गरेर धरहरा निर्माण भएको छ । सुन्दर आकर्षक र बलियो धरहरा बनेको छ । पहिलेकोभन्दा अहिले २५ मिटर अग्लो धरहरा निर्माण भएको छ ।’

प्रधानमन्त्री ओलीले पुनर्निर्मित धरहरामा चढ्दा अलिअलि आइफल टावर चढ्दाको यादव आएको बताउनुभयो । ‘मैले माथिबाट घुमेर पनि हेरे, अत्यन्तै भव्य दृश्य देखिन्छ । र, उचाइमा भएको हुनाले धरहराबाट तीव्र वेगका साथ हावा चलेको छ,’ उहाँले भन्नुभयो, ‘मलाई अलिअलि आइफल टावर चढ्दाको स्मरण भयो । आइफल चढ्दा माथि पुगेपछि उधुम हावा चल्छ । नवर्निमित धरहरामा पनि जस्तोसुकै गर्मीमा पनि तीव्र गतिको हावाले बेग्लै आनन्द दिन्छ ।’