अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंसहित नौ जिल्लामा तत्काल लकडाउन हुने

काठमाडौंसहित नौ जिल्लामा तत्काल लकडाउन हुने


काठमाडौं- कोरोना नियन्त्रण सम्बन्धी उच्च स्तरीय समिति (सीसीएमसी)ले गरेको सिफारिसअनुसार काठमाडौंसहित नौ वटा जिल्लामा लकडाउन हुने भएको छ ।

सीसीएमसीले तराईमा ५ सय र पहाडमा २ सयजना सक्रिय कोरोना संक्रमित देखिएमा निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको थियो । तर लकडाउनको अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

स्वास्थ्य मन्त्रालयको हिजोको तथ्यांकअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, पर्सा, मोरङ, रुपन्देही, दाङ र कास्कीमा ५ सय जना भन्दा बढी कोरोना संक्रमित छन् ।

बन्दाबन्दीलाई कुन मोडलमा लैजाने भनेर संघीय राजधानीका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज आयोजना गरिएको छ ।

बैठकले कोरोनाको जोखिमलाई हेरेर कसरी अगाडि बढ्ने भन्ने बिषयमा निर्णय लिने तयारी छ ।