अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा एक युवकको आफ्नै श्रीमती र दुई भाइबाट हत्या

धनुषामा एक युवकको आफ्नै श्रीमती र दुई भाइबाट हत्या


जनकपुरधाम- धनुषामा आफ्नै श्रीमती र दुई जना भाइबाट एक युवकको हत्या भएको छ । जिल्लाको हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको शनिबार बिहान हत्या भएको हो।

हत्यामा शम्भुकै श्रीमती २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरू जय र अनिल मण्डल संलग्न रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरू सबै फरार भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

राति २ बजेतिर उनीहरूले घरायसी विवादमा शम्भुमाथि धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट शम्भुको घटनास्थलमै मृत्यु भएको थियो ।

बिहान सवा ३ बजे जानकारी आएपछि प्रहरी पुग्दा शव भुइँमा फेला परेको थियो ।

उनीहरूबीच के विषयमा वादविवाद थियो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।