अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको टी-२० र एकदिवसीय वरियतामा सुधार

नेपालको टी-२० र एकदिवसीय वरियतामा सुधार


काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको उपाधिसमेत नेपालले जितेको थियो ।

नेपालको टी-२० मा उत्कृष्ट वरियता ११औँ स्थान हो । टी-२० को नयाँ वरियताको पहिलो स्थानमा इंग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्यूजिल्याण्ड छ । त्यसैगरी, चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

यस्तै, नेपालले एकदिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो ।

एक दिवसीयको नयाँ वरियतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।