काठमाडौँ-बाढी तथा पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड प्रभावित भएका छन्। सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार म्याग्दी र सुर्खेतका सडक एकतर्फी रूपमा सञ्चालनमा छन् भने गोरखाको एक सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ।
गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान गएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ अन्तर्गत नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीस्थित फलामे पुलमा क्षति पुगेपछि आरुघाटबाट धादिङ जोड्ने सडक असोज २५ गते बिहानदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ।
कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १ गते बिहान गएको पहिरोका कारण कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन तथा प्रभावित सडक खण्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक प्रयास भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया