अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजेन पोजिटिभ, पीसीआर रिपोर्ट आउन बाँकी

गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजेन पोजिटिभ, पीसीआर रिपोर्ट आउन बाँकी


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एन्टिजेन परीक्षण पोजिटिभ आएको छ ।

उहाँको सचिवालयका अनुसार हिजो संसदीय दलको बैठक सकेर निवास आएपछि ज्वरो आएका कारण उहाँको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

उहाँको पीसीआर गरे पनि रिपोर्ट आउन बाँकी रहेको सचिवालयले जनाएको छ । ‘मुख्यमन्त्रीज्यू अहिले निवासमै आराम गरिरहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ,’ सचिवालय स्रोतले भन्यो ।