अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री महतोलाई पनि कोरोना : सबैलाई सजग रहन आग्रह

मन्त्री महतोलाई पनि कोरोना : सबैलाई सजग रहन आग्रह


काठमाडौं -महिला बालबालिका तथा समाजकल्याण मन्त्री जुली महतोलाई कोरोना भएको छ । मन्त्री महतोले ट्विटरमा आफू र श्रीमान रघुबीर महासेठलाई कोरोना भएको उल्लेख गर्नुभएको छ ।
महतोले लेख्नुभएको छ ‘मेरो पनि कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखाएको छ । चिकित्सकको निगरानीमा छु , आत्मविश्वास र मनोबल उच्च छ । छिट्टै नै पूर्ण स्वास्थ्य भएर आफ्नो नियमित कार्यमा फर्कनेछु ।
दश औला जोडेर सबैलाई विनम्र आग्रह छ ः सजग बनौं ।’
महतोसँगै संघीय सरकारका चार जना मन्त्रीलाई कोरोना भएको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल,उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी,खानेपानी मन्त्री मणी थापालाई यस अघि नै कोरोना भएर आराम गरिरहनुभएको छ ।