अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारलाई पिसिआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

पत्रकारलाई पिसिआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग


काठमाडौं-नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।

शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराईरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा सहुलीयत दिनसमेत माग गर्नुभएको छ ।

शाखाका सदस्यको यसवर्षको नविकरण शुल्क नलिन केन्द्रीय समितिलाई आग्रह गर्ने, सञ्चार गृहलाई श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको शाखा सचिव गौतमले जानकारी दिनुभयो । यस्तै, कोभिड जोखिममा परेका पत्रकारको सहयोग र भैपरी आउने अवस्थाको तयारीका लागि शाखाका अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा सात सदस्यीय ‘टाक्स फोेर्स’ समिति गठन गर्ने निर्णय भएको छ । सङ्क्रमणमा परेका शाखा सदस्यको सङ्ख्या, अस्पताल तथा होम आइसोलेसनमा रहेकाको अवस्था पहिचान गरेर पाँच दिनभित्र सुझाव पेश गर्न शाखाका उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ ।