अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डडेल्धुरामा माइत गएकी एक महिला सम्पर्कविहीन

डडेल्धुरामा माइत गएकी एक महिला सम्पर्कविहीन


डडेल्धुरा- डडेल्धुरामा माइत जानुभएकी एक महिला सम्पर्कविहीन हुनु भएको छ । जिल्लाको आलिताल गाउँपालिका-५ ध्याडीकी २६ ललिता कामी सम्पर्कविहीन हुनु भएको हो ।

परशुराम नगरपालिका-११ सलेता माइती घर जानुभएकी ललिता सोमबार दिउँसोबाट सम्पर्कविहीन हुनुभएको उहाँ जेठाजु नाथ कामीले जानकारी दिनुभयो ।

दुई छोरीसहित ललिता एक साताअघि माइती घर जानु भएको थियो । सोमबार दिउँसो उहाँ एकाएक सम्पर्कविहीन भएको माइती पक्षलाई उदृत गर्दै जेठाजु कामीले बताउनुभयो ।

६ र ३ वर्षीया दुवै छोरीहरू माइती घरमै छाडेर ललिता बेपत्ता हनुभएको हो । ‘एक हप्ता माइत घर जान्छु भनेर उहाँ (ललिता) जानुभएको थियो । हिजो माइती पक्षबाट हराइन भनेर खबर आएको छ,’ जेठाजु कामीले भन्नुभयो, ‘धेरै ठाउँ आफन्त तथा इष्टमित्रकहाँ फोन गरेर सोध्यौँ यता आएकी छैनन् भन्ने खबर आएको छ। खोजी कार्यका लागि प्रहरीमा निवेदन दिँदैछौँ ।’

ललिताका श्रीमान् कृष्ण कामी रोजगारीको सिलसिलामा भारतको मुम्बई हुनुहुन्छ ।