अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं र ललितपुर महानगरमा कोरोनाको दोस्रो डोज भोलिदेखि लगाइने

काठमाडौं र ललितपुर महानगरमा कोरोनाको दोस्रो डोज भोलिदेखि लगाइने


काठमाडौं -काठमाडौ उपत्यकाका दुई वटा महानगरले गत २५ चैतदेखि १५ वैशाखसम्म भेरोसेल (चिनियाँ) खोपको पहिलो डोज लिएका नागरिकलाई दोस्रो डोज लगाउने मिति तोकेका छन् ।

काठमाडौं र ललितपुर महानगरले सुचना प्रकाशित गरेर भोली अर्थात जेठ २ गतेबाट खोप लगाउनका लागि आह्वान गर्दै खोप केन्द्र समेत तोकेका छन् । यसका लागि प्रत्येक वडामा एक–एक खोपकेन्द्र तोकिएका छन । १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले यो अवधिमा पहिलो डोज लिएका थिए । २५ देखि २८ चैतसम्म पहिलो डोज लगाएकालाई २ जेठमा तथा २९ र ३० चैतमा पहिलो डोज लिएकालाई ३ जेठमा दोस्रो डोज लगाइनेछ ।

त्यस्तै, ३१ चैत र २ वैशाखमा पहिलो खोप लगाएकालाई ४ जेठमा तथा ३ र ४ वैशाखमा पहिलो खोप लगाएकालाई ५ जेठमा दोस्रो डोज दिइने छ ।

५ र ६ वैशाखमा पहिलो डोज लिएकालाई ६ जेठमा, ७ देखि १० वैशाखसम्म पहिलो खोप लगाएकालाई ७ जेठमा, ११ र १२ वैशाखमा पहिलो डोज लिएकालाई ८ जेठमा तथा १३, १४ र १५ वैशाखमा पहिलो खोप लिएकालाई क्रमशः ९, १० र ११ जेठमा दोस्रो डोज दिइनेछ ।

२५ चैतपछि पहिलो डोज लगाए पनि संक्रमण पुष्टि भएका तथा अहिले लक्षण देखिएका व्यक्तिलाई महानगरले दोस्रो डोजको अभियानमा सहभागी नगराउने भएको छ ।

ललितपुर महानगरपालिकाले पनि तोक्यो मिति
ललितपुर महानगरपालिकाले पनि दोस्रो डोज लगाउने मिति तोकेको छ । जिल्ला खोप समन्वय तथा अनुगमन समितिको शुक्रबारको निर्णयअनुसार २५ देखि २८ चैतसम्म पहिलो डोज लिएकालाई ६ जेठमा दोस्रो डोज दिइनेछ ।

त्यस्तै, २९ देखि ३१ चैतसम्म पहिलो डोज लिएकालाई ७ जेठमा दोस्रो डोज दिइनेछ ।

१ देखि ४ वैशाखसम्म पहिलो डोज लिएकालाई ९ जेठमा, ५ देखि ९ वैशाखसम्म पहिलो डोज लिएकालाई १० जेठमा, १० देखि १३ जेठसम्म पहिलो डोज लिएकालाई ११ जेठमा, १४ वैशाखमा पहिलो डोज लिएकालाई १२ जेठ र १५ वैशाखमा पहिलो डोज लिएकालाई १३ जेठमा दोस्रो खोप दिइनेछ ।

खोप लगाउन बिहान १० देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड र परिचय खुल्ने परिचयपत्र आवश्यक गरिएको छ ।