अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री

कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री


काठमाडौँ- उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उहाँले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता रहेकाले सरकारले जिटुजी र बिटुबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेको बताउनुभयो । कोरोना महामारीको नियन्त्रणका लागि नेपाललाई विभिन्न देशको साथ र सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँको समग्र नेतृत्व गर्नुभएको बताउँदै उहाँले अहिले फैलिरहेका विभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शय्याको आइसोलेशन केन्द्र निर्माणका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।
आवश्यकतानुसार २०० शय्यासम्म सञ्चालन गर्न सकिने सो आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौंँ महानगरपालिकाले बजेटको व्यवस्था गरेको तथा नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने बताउनुभयो ।