अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता बास्कोटाको व्यंग्य: विपद्मा ‘नीलो क्रान्ति’का भीआईपी स्टन्टले गाईजात्रालाई समेत बिर्सायो

एमाले नेता बास्कोटाको व्यंग्य: विपद्मा ‘नीलो क्रान्ति’का भीआईपी स्टन्टले गाईजात्रालाई समेत बिर्सायो


काठमाडौं-नेकपा एमालेका नेता गोकुल बास्कोटाले विपद्का बेला उद्धार तथा राहतका नाममा भइरहेका गतिविधिप्रति तीखो व्यंग्य गरेका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बास्कोटाले विपद्का बेला देखिएका ‘नीलो क्रान्ति’ वाला भीआईपीहरूको भिडियो स्टन्टले परम्परागत गाईजात्रालाई समेत ओझेलमा पार्ने अवस्था आएको कटाक्ष गरेका हुन्।

नेता बास्कोटाको टिप्पणीमा विपद् व्यवस्थापनभन्दा त्यसको दृश्य प्रदर्शन बढी प्रभावकारी बन्न थालेको संकेत देखिन्छ। उद्धार र राहतका गतिविधि भइरहे पनि त्यसलाई क्यामेरामार्फत देखाउने होडप्रति उनले व्यंग्य गरेका छन्।

नेता बास्कोटाले जलवायु परिवर्तनको भयावह असरबाट विश्व नै पीडित भइरहेको उल्लेख गर्दै त्यसको जिम्मेवारीबाट धनी राष्ट्रहरू पनि पन्छिन नसक्ने बताएका छन्। विपद्मा अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहे पनि त्यससँगै देखिने प्रदर्शन र प्रचारप्रसारप्रति भने उनले प्रश्न उठाएका छन्।

नेता बास्कोटा लेखेका छन्, विपतमा नीलो क्रान्तिवाला भिआइपीहरूको भिडियो स्टन्टले गाईजात्रा बिर्सायो। जलवायु परिवर्तनको भयानक असरले विश्व पीडित छ। र, धनी राष्ट्रहरूको वेमतलव पनि उस्तै। सहयोग त दिएकै छन्। तर यस्तो लाग्छ– त्यो आँशुको अन्तहीन व्यापार चलिरहन्छ।’

नेता बास्कोटाको यो टिप्पणीले विपद्का बेला राहतभन्दा प्रचार, उद्धारभन्दा भिडियो र संवेदनाभन्दा स्टन्ट हावी भएको हो कि ? भन्ने प्रश्नसमेत उठाएको छ।