अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढीबारे विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक, उद्धार र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन

रसुवा बाढीबारे विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक, उद्धार र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं-रसुवामा बुधबार बिहान आएको भीषण बाढीबाट भएको क्षति र प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कामबारे छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट अहिलेसम्म भएको जनधनको क्षतिका साथै प्रभावित क्षेत्रको अवस्थाबारे सम्बन्धित निकायले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद्बाट प्रभावित नागरिकको उद्धार, खोज तथा राहतलाई प्राथमिकतामा राखेर तत्काल आवश्यक कदम चाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले विपद्को यस कठिन समयमा सबैलाई आ-आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन भई उद्धार, खोजी तथा राहत कार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन्।

बैठकले प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र आवश्यक समन्वयलाई तीव्रता दिने विषयमा समेत छलफल गरेको छ।