काठमाडौं- रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको क्षेत्रमा खटिएका उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । बाढी प्रभावित क्षेत्रबाटै सामाजिक सञ्जालमार्फत आफ्नो पीडा र यथार्थता सार्वजनिक गर्दै अध्यक्ष अर्यालले संकटको यो घडीमा जनताले सरकारको उपस्थितिको कुनै अनुभूति गर्न नपाएको गुनासो गरेका हुन् ।
ुमरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सबै निकायहरूमा समन्वय गरेर हेलिकप्टरको प्रतिक्षा गर्दा पनि कुनै सुनुवाइ नभएपछि कालिकास्थान जिवजिवे अस्पताल हुँदै १० घण्टापछि धुञ्चे अस्पतालमा लानुपर्ने अवस्था हामीले भोगेका छौँ । खोलाको किनारमा ५० औँ शवहरू देखिन्छ, परिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न फिल्डमा रहेका प्रहरीसँग सयन्वय गर्दा माथिको आदेशबाहेक केही गर्न मिल्दैन भन्ने जवाफ पाइन्छ । बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मी बेपत्ता हुनुहुन्छ। बाँकी रहनुभएको कालिकास्थानको इन्स्पेक्टरसहित ५र६ जना प्रजहरू खाना पानीवेगर खटिनुरहनु भएको छ। माथिको आदेशबाहेक सामान्य सुरक्षा दिने कामबाहेक केही गर्न सक्नुहुन्न,ु फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेका छन्, ुसामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोष्ट पढेँ । हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ। केही क्षेत्रमा बाहेक विपदको अवस्थामा जनताले अनुभूति गर्नेगरी कुनै काम भएको छैन । जनताको प्रतिनिधि भएको र भुइँमा नै काम गरिरहेको स्रोत साधन र आफ्नो कार्यालयको परिवारको सदस्य र सयौं जनताहरू गुमाएको प्रतिनिधिले अनुभूति गरेको विषय हो। आफन्त गुमाएका र घरवार विहीनहरूको आवाज पनि हो।ु
बाढीको सूचना जारी गर्न खटिएका गाउँपालिकाका ४ जना कर्मचारीहरू अहिलेसम्म बेपत्ता रहेको र सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको शव पहिचान भएपछि दाहसंस्कार गरिएको अध्यक्ष अर्यालले जानकारी दिएका छन् । उनका अनुसार कार्यपालिका सदस्य ज्ञानु बिक तथा केही शिक्षकहरूसँग पनि सम्पर्क हुन सकेको छैन।
बेत्रावती बजार क्षेत्र, कैदलेटार, पैरेबेसी, ११ वर्षदेखि अस्थायी रूपमा बसोबास गर्दै आएका भूकम्प विस्थापित ३०० घरपरिवार, सल्लेटार, मैलुङ क्षेत्रका स्थानीयहरू, त्रिशुली ३बी जलविद्युत आयोजनाका ठაलो संख्याका कर्मचारी तथा माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय र नेपाली कामदारहरू ठूलो संख्यामा हराइरहेका छन्। सुरुङभित्रै मानिसहरू फसेको खबर आएको र गोसाइँकुण्ड तथा मानसरोवर यात्रामा निस्किएका धेरै यात्रीहरू पनि सम्पर्कविहीन भएको उनले बताए।


प्रतिक्रिया