अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा गुल्मीमा भित्रिए ६० वटा अक्सिजन सिलिण्डर

परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा गुल्मीमा भित्रिए ६० वटा अक्सिजन सिलिण्डर


गुल्मी- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गृह जिल्ला गुल्मीमा ६० वटा अक्सिजन सिलिण्डरसहित ठूलो मात्रामा अत्यावश्यक स्वास्थ्य सामग्री पठाउनुभएको छ ।

मन्त्री ज्ञवालीको पहलमा काठमाडौंदेखि गुल्मी पठाएका स्वास्थ्य सामग्री आज सदरमुकाम तम्घासबाट जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मी दरबार गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका र मालिका गाउँपालिकालाई प्रदान गरिएको उहाँका स्वकीय सचिव जंग नेपालीले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री लिएर आफैँ गुल्मी आइपुगेकोले सम्भव भएसम्म सबै स्थानीय तहसम्म पुगेरै हस्तान्तरण गरिएको बताउनुभयो ।

नेपालीले देशभर कोराना भाइरसको सक्रमण बढिरहेको अवस्थामा गुल्मी जिल्ला पनि त्यसबाट अछुतो नरहेकाले जिल्लालाई यो महामारीबाट सामान्य अवस्थामा फर्काउन मन्त्री ज्ञवालीले आफ्नो ठाउँबाट पहल गरिरहेको बताउनुभयो ।

तत्कालका लागि जिल्लामा अत्यावश्यक रहेका स्वास्थ्य सामग्रीहरु अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्न्ट्रेटर, पल्स अक्सिमिटर स्पोट चेक, गाउन, पिपिई, पन्जा, मास्क, चस्मा, एन्टीजिन किट, भाइरल ट्रान्सपोर्ट मेडिएमलगायतका महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपालीले जानकारी दिनुभयो ।