अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेल्फी खिच्दै भिडियो बनाउने क्रममा भेरी नदीमा खसेर दुई युवा बेपत्ता

सेल्फी खिच्दै भिडियो बनाउने क्रममा भेरी नदीमा खसेर दुई युवा बेपत्ता


सुर्खेत-सुर्खेतमा सेल्फी खिच्दै भिडियो बनाउने क्रममा भेरी नदीमा खसेर दुई युवा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन्।

उनीहरू घुम्न र आफन्तसँग भेटघाट गर्न सुर्खेत पुगेका थिए । भेरी नदीको पुल नजिक मोबाइलबाट सेल्फी खिच्दै भिडियो बनाउने क्रममा नदीमा खसेर बगेको सूचना प्राप्त भएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेपत्ता दुवै युवाको गोताखोर परिचालन गरेर खोजी भइरहेको छ। तर, अहिलेसम्म उनीहरू फेला परेका छैनन्।