अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्जमा कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मी माथी आक्रमण

नेपालगञ्जमा कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मी माथी आक्रमण


नेपालगञ्ज -कोरोनाका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी माथी आक्रमण हुँदा भेरी अञ्चल अस्पतालका चारजना नसर्हरुले छतबाट हामफालेर ज्यान बचाएका छन् ।
उपचारका क्रममा दाङका एक संक्रमित पुरुषको हिजो दिउसो मृत्यू भएपछि उपचारमा लापरवाही भएको भन्दै साँझ आफन्तले स्वास्थ्यकर्मी माथी आक्रममण गरेका थिए । ‘वडा प्रहरी कार्यलय नेपालगञ्जका अनुसार ठूलो समुहले आएर आक्रमणमा उत्रेपछि स्वास्थ्यकर्मीहरुको भागाभाग भएको थियो । त्यस क्रममा चारजना नर्सहरु दुईतला माथीबाट फालहानेर जोगिनुभएछ’ घटना स्थलमा भएका एक जना प्रहरीले नेपाली बहस डट कमसँग भन्नुभयो ।
आक्रमणको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।