अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमणका कारण पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन

कोरोना संक्रमणका कारण पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन


झापा (कोरोना संक्रमणका कारण नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ ।

झापाको विर्ता सिटी अस्पतालमा उपचारको क्रममा उहाँको आज निधन भएको हो । हिलिहांङ गाउँपालिका वडा नं ५ घर भएका भण्डारी १२ दिनदेखि यहाँ उपचाररत हुनुहुन्थ्यो । ५२ वर्षीय भण्डारीका श्रीमती र तीन छोराछोरी रहेका फिदिमबाट पत्रकार तुलसी क्षितिजले जानकारी दिनुभयो ।

कञ्चनजंघा एकेडेमी फिदिममा सञ्चालक सदस्य र सोही एकेडेमीमा प्राध्यापन पनि गर्नुहुन्थ्यो ।