अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सात सामाजिक र निजी संस्थाहरूले अक्सिजन प्लान्ट ल्याउने

सात सामाजिक र निजी संस्थाहरूले अक्सिजन प्लान्ट ल्याउने


काठमाडौं- अक्सिजनको अभाव कम गर्नका लागि विभिन्न सात वटा सामाजिक संघ/संस्थाहरूले १० वटा अक्सिजन प्लान्ट सरकारलाई उपलब्ध गराउने भएका छन् ।

मिसन रिविल्ड नेपालका सचिव अरुण कुँवरका अनुसार ती सामाजिक र निजी संस्थाहरूले फ्रान्सबाट एयर कार्गोबाट १० वटा अक्सिजन प्लान्ट ल्याउन लागेको हुन् ।

‘पहिलो चरणमा १० वटा अक्सिजन प्लान्ट ल्याउने हो । सरकारसँगको समन्वयमा अर्को चरणमा पनि हामी अक्सिजन प्लान्ट ल्याउछौँ,’ रिविल्ड नेपालका कार्यवाहक अध्यक्ष युवराज शर्माले भन्नुभयो ।

यसरी अक्सिजन प्लान्ट ल्याउन सहकार्य गरेका संस्थाहरुमा अमेरिका नेपाल मेडिकल फाउण्डेसन (यूएसए),बतास फाउण्डेसन,क्रिएसन,हु््यामिनीटी फाउण्डेसन नेपाल,जगदम्बा स्टिल,मिसन रिविल्ड नेपाल र स्याकर ट्रेडिङ प्रा.लि. रहेका छन् ।

यस बिषयमा भोलि बिहान १० बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कुँवरले जानकारी दिनुभयो ।