अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनबाट आज कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुग्ने

चीनबाट आज कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुग्ने


काठमाडौं -चीनले नेपाललाई सहयोग गरेको कोरोनाविरुद्ध खोपको ८ लाख डोज आज काठमाडौं आइपुग्दैछ ।

गएराती राति ११ बजे चीनको राजधानी बेइजिङ उडेको नेपाल वायु सेवा निगमको विमानले कोरोनाविरुद्ध चिनियाँ खोपका ८ लाख डोज आज दिउँसो २ बजे त्रिभुवन विमानस्थल आइपुग्ने निगमले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधपछि चीनका राष्ट्रपति सी चिनफिङले सहयोग गर्ने घोषणा गरेको १० लाख डोज खोपमध्ये अहिले ८ लाख डोज ल्याइने भएको हो।