अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरपालिकाद्वारा दुई अस्पताललाई भेन्टीलेटर सहयोग

काठमाडौं महानगरपालिकाद्वारा दुई अस्पताललाई भेन्टीलेटर सहयोग


काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आइसियु भेन्टिलेटर सहयोग गरेको छ ।

महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड-१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई/दुई थान आईसीयू भेन्टीलेटर प्रदान गरेको हो ।

आईसीयू भेन्टीलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताउनुभयो । उहाँले महानगरपालिकाले कोभिड-१९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमीमा ३ वटा गरी ४५ वटा भेन्टीलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडि बढाइरहेको पनि जानकारी दिनुभयो ।

काठमाडौं नगरपालिकाले विभिन्न ठाउँका आइसोलेसन सेन्टरहरूलाई पनि सहयोग प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।