अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई एमाले अध्यक्ष ओलीको स्पष्टीकरण

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई एमाले अध्यक्ष ओलीको स्पष्टीकरण


 

 

काठमाडौं– सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्नुभएको छ ।

बिहीबार अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिनुभयो ।

जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिए पनि शाहले अस्वीकार गर्नुभएको छ ।

यसअघि उनलाई प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेको थियो । शाह केन्द्रीय सदस्य भएको हुँदा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले स्पष्टीकरण सोध्नुभएको हो ।