अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महतोको समर्थन नपाएर सत्तामा जान नपाएकाको वक्तव्यवाजी हेर्न लायक : थापा

महतोको समर्थन नपाएर सत्तामा जान नपाएकाको वक्तव्यवाजी हेर्न लायक : थापा


काठमाडौँ- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राजेन्द्र महतोको समर्थन नहुँदा सत्तामा जना नपाएकाहरूको वक्तव्यवाजी हेर्न लायक भएको टिप्पणी गरेका छन् ।

आइतवार बिहान ट्वीट गर्दै थापाले प्रायः गठबन्धान सरकारका मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेको तर महतोले त्यसलाई दुई दिनमै सच्याएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘​प्राय: नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेका पाइन्छन् । उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने, तर दुई दिनमै गल्ती सच्याए । महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्न लायक छ ! ‘

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री महतोले कार्यभार समाल्ने क्रममा र शनिबार पनि एक कार्यक्रममा आफू बहुल राष्ट्रिय राज्यको अभियानमा रहेको बताएका थिए । तर त्यसको चौतर्फी आलोचना भएपछि उनले शनिबार राति नै विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको प्रष्ट्याएका छन् ।