अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोटका शिक्षासेवी महर्जनको निधन

बालकोटका शिक्षासेवी महर्जनको निधन


काठमाडौं- भक्तपुरको बालकोटस्थित माउण्ट भ्यू बोर्डिङ स्कुलका प्रिन्सिपल राजकुमार महर्जनको निधन भएको छ ।

कोरोना संक्रमण भएपछि वैशाख १२ गतेदेखि उपचाररत महर्जनको आज निधन भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय महर्जनको आज निधन भएको हो ।

प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष, भक्तपुरका पूर्वाध्यक्ष उहाँलाई कोभिड-१९ को दोश्रो भेरियन्टको सङ्क्रमणका कारण गत वैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना गरिएको थियो ।

उहाँका दाइ श्याम महर्जनले कोरोना पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि फोक्सोमा पुर्याएको क्षति र मधुमेहका कारण भाइलाई बचाउने प्रयास असफल भएको जानकारी दिनुभयो ।

वि.सं २०२६ कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मनुभएका महर्जनले शिक्षाको विकासका लागि दुई दसकदेखि योगदान दिँदै आउनुभएको थियो ।

पत्रकारितामा समेत चासो राख्नु हुने उहाँले शिक्षासँग सम्बन्धित विषयमा लेख्नाका साथै सामाजिक सञ्जालमा प्रेरणामूलक सन्देश प्रवाह गर्दै थियो । महर्जनक पत्नी र एक छोरा हुनुहुन्छ ।