अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने

कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने


मान्म- कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना(कोभिड–१९) महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो ।
कोरोना सङ्क्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउने निर्णय भएको हो । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना र शुभकालिका गाउँपालिकामा ५÷५ सय एन्टिजेन किट पठाइएको र अन्य स्थानीय तहमा पनि ५÷५ सयका दरले एन्टिजेन किट पठाउने तयारी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिनुभयो । “समुदायस्तरमा नै कोरोना महामारी फैलिएको हुनसक्ने भएकाले कोरोना परीक्षणको दायरा बढाउन लागेका हौँ”, उहाँले भन्नुभयो,‘सबै स्थानीय तहका स्वास्थ्य सेवा कार्यालयलाई कोरोना परीक्षण बढाउन र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गरिनेछ ।”

शुक्रबार ६० जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १७ जनामा र पिसिआरबाट ३४ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको महतले बताउनु भयो ।
त्यस्तै, कोरोना महामारीको दोस्रो लहरमा जिल्लामा एक हजार ४९० जनामा कोरोना पोजेटिभ देखिएकोमा एक हजार ३५२ जना डिस्चार्ज भएका छन् । हाल कोरोना सक्रिय सङ्क्रमित १३४ जना विभिन्न आइसोलेसन र १३ जनाको कोभिड विशेष अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कालिकोटमा हालसम्म कोरोना सङ्क्रमणले चार जनाको मृत्यु भएको छ ।