अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना महामारीका बीच आजबाट विद्यालय भर्ना अभियान सुरु

कोरोना महामारीका बीच आजबाट विद्यालय भर्ना अभियान सुरु


काठमाडौं -कोरोना महामारीका बीच आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।
कोरोनाका कारण बैशाखमा सुरु हुनु पर्ने शैक्षिक सत्र दुई महिना पछि सरेको हो । आज देखि विद्यार्थीहरुको नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। केही निजी स्कूलहरुले बैशाख देखि नै विद्यार्थी भर्ना लिइरहेका छन् । कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। शिक्षा मन्त्रालयले असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्न निर्देशन जारी गरेको छ ।