अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय जनगणना सुरु गर्ने गृहकार्य, साउन २६ देखि असोज ८ गतेसम्म प्रस्ताव

राष्ट्रिय जनगणना सुरु गर्ने गृहकार्य, साउन २६ देखि असोज ८ गतेसम्म प्रस्ताव


काठमाडौं– कोभिडको कारण स्थगित भएको राष्ट्रिय जनगणना सुरु गर्ने गृहकार्य भएको छ ।

तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले साउनबाट जनगणना सुरु गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार साउन २६ देखि असोज ८ गतेभित्र जनगणना गर्नेबारे छलफल सुरु भएको छ । ‘टुंगो लागेको छैन,’ उहाँले भन्नुभयो, ‘साउन २६ देखि सुरु गर्नेबारे छलफल सुरु गरेका छौं ।’

यस वर्षको १२ औं जनगणना वैशाख २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भए पनि कोरोना संक्रमण बढ्न थालेपछि गत वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्थगित गरेको थियो ।

विभागले जनगणना सम्पन्न गराउन स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने तयारी गरेको श्रेष्ठले बताउनुभयो ।

महानिर्देशक श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले जनगणना स्थगित गरेकाले अर्को मिति राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहेको निर्देशक समितिमार्फत मन्त्रिपरिषदले स्वीकृत दिनुपर्नेछ ।