अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक बाढी पहिरोः फसेकाहरुको हेलिकप्टरद्वारा उद्दार

सिन्धुपाल्चोक बाढी पहिरोः फसेकाहरुको हेलिकप्टरद्वारा उद्दार


सिन्धुपाल्चोक– सिन्धुपाल्चोक पहिरोमा फसेका केही व्यक्तिहरुलाई सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङका अनुसार छतमा फसेका भनिएका दुई युवा तथा अन्य केही व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढी पीडितको अवस्था निरीक्षणका लागि सेनाको हेलिक्पटर लिएर मन्त्री तामाङ सिन्धुपाल्चोक उडिसक्नु भएको छ । तामाङका अनुसार आठ जनाको शव भेटिएको छ भने ५० जना भन्दा बढी बेपत्ता भएका छन् ।

उहाँका अनुसार दिउँसो सेनाको हेलिकप्टरले विस्थापितहरुलाई बसोबासका लागि टेन्ट लगायत राहत सामग्री लैजाने छ ।