अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीलाई प्रचण्डको फोन, बाढी पहिरो रोकथामका लागि टोली परिचालन गर्न आग्रह

अर्थमन्त्रीलाई प्रचण्डको फोन, बाढी पहिरो रोकथामका लागि टोली परिचालन गर्न आग्रह


काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चितवन लगायत देशभरि बाढीपहिरो, नदी कटान र डुबान रोकथाम तथा नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरि अविरल वर्षाका कारण देशव्यापी भईरहेको बाढीपहिरो, नदी कटान, डुबान सहित धनजनको क्षति रोक्न तत्काल आर्थिक तथा प्राविधिक टोली परिचालन गरि काम अगाडी बढाउन आग्रह गर्नुभएको हो ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ का अनुसार प्रचण्डले आफ्नो गृहजिल्लास्थित सुरक्षा निकाय, स्थानिय तह तथा सामाजिक संघसंस्थाहरुलाई यस विपदको घडीमा एकिकृत ढंगले उद्धार तथा राहतमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक, अपांग, भएका समुदाय, बालबालिका तथा गर्भवती महिलाहरुको विशेष ख्याल गर्दै सतर्क र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको अध्यक्ष प्रचण्डको निवार्चन क्षेत्र हेर्ने स्वकीय सचिव निशा न्यौपानेले बताउनुभयो ।