अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहत र उद्दारका लागि परिचालन हुन एमाले महासचिवको आहवान

राहत र उद्दारका लागि परिचालन हुन एमाले महासचिवको आहवान


काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भीषण बाढी र पहिरो पीडितको उद्दार र राहतमा परिचालित हुन आहवान गर्नुभएको छ ।

बुधबार साँझ विज्ञप्ती जारी गर्दै पोखरेलले आफ्नो संगठित शक्तिलाई परिचालित गर्न पार्टीको जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनलाई अपिल गर्नुभएको छ ।

‘केही दिन यता अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत विभिन्न जिल्लाहरूमा भीषण वर्षा तथा त्यसका कारण आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको समाचारहरू प्राप्त भएका छन् । नागरिकहरू पहिरोमा पुरिने र वेपत्ता भएको खबरले हामी सबैलाई दुःखित बनाएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘प्राकृतिक विपत्तीको यस घडीमा विपतमा पर्नुभएका दाजुभाइ( दिदीबहिनीहरूको सहयोगका लागि सरकारले अविलम्व राहत उद्धारमा आफ्नो शक्ति परिचालित गर्नु आवश्यक छ । नेकपा (एमाले) का सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्‍याउन आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्दछु ।’