काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बोलाइएको छ ।
दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समय तालिका परिवर्तन गर्ने बताइएको छ । गत शनिबार बसेको पार्टीका पदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो। बैठकले उक्त निर्णय अनुमोदन गर्ने कार्यकालिका छ ।
यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।
पार्टी केन्द्रीय कार्यालयले यसअघि सूचना जारी गरी सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेको थियो।
प्रतिक्रिया