अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी पहिरो क्षति विववरण : १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ जना वेपत्ता

बाढी पहिरो क्षति विववरण : १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ जना वेपत्ता


काठमाडौं- मंगलबार साँझदेखि निरन्तर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट १३ जिल्ला प्रभावित भएको छ भने ६ जनाको मृत्यु भएको छ । साथै बाढी पहिरोमा परी २७ जना बेपत्ता भएका छन् ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चो, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटीलगायत देशका विभन्न जिल्ला प्रभावित भएको जनाएको छ ।

बुधबार साँझसम्म बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आशिंक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ ।

मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा २ जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा १–१ जना गरी जम्मा ६ जनाको मृत्यु भएको छ । त्यस्तै बाजुरा, गोरखा, प्यूठान, अर्घखाँचीमा १–१ जना, जाजरकोटमा ७ जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएका छन् ।

यसैगरी सिन्धुपाल्चोकमा ६ जना र स्याङ्जामा पहिरोमा परी १ जना, डोटीमा २ जना र जुम्लामा २ जना समेत जम्मा ११ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बाढीमा परी भएका ६ जनाको हेलिकप्टरबाट उद्धार गरी ललितपुरको बीएण्डबी अस्पतालमा उपचार भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै म्याग्दीमा पहिरोमा परी घाइते भएकालाई हेलिकप्टरबाट उद्धार गर्न पहल भइरहेको छ ।

त्यस्तै बाढी पहिरो प्रभावित जिल्ला सिन्धुपाल्चोकमा ४६ र दाङमा ४ जनालाई सकुसल उद्धार गरिएको छ ।