अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक

‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक


काठमाडौं– राष्ट्र गुरु योगी नरहरिनाथको जीवनी समेटिएको पुस्तक प्रकाशन गरिएको छ । पुस्तक नयाँ पुस्तालाई योगी नरहरिनाथका विषयमा जानकारी गराउन सफल हुने विश्वास गरिएको छ ।

विश्व केसी पोखरेलले लेख्नुभएको ‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ नामक पुस्तक आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । ६२ पृष्ठको पुस्तकको मूल्य रु १०१ राखिएको छ । रमिला बस्नेत र उमाकान्त शर्माले प्रकाशन गर्नुभएको पुस्तकको आज भाषा सम्पादक ज्ञाननिष्ठ ज्ञवाली र लेखक पोखरेलले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गरिएको कार्यक्रममा विमोचन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरुले संक्षिप्त पुस्तक भए पनि योगी नरहरिनाथका विषयमा बुझ्न पर्याप्त स्रोत सामग्री समावेश गरिएको बताउनुभयो । मृगस्थलीमा योगी नरहरिनाथले लेख्नुभएका पुस्तक अलपत्र परेको, कति नष्ट भएको समाचार सार्वजनिक भएकामा दुःख लागेको उल्लेख गर्दै ती सम्पदाको संरक्षणमा राज्यको ध्यान जानुपर्ने उहाँहरुले माग गर्नुभयो ।

योगी नरहरिनाथका विषयमा थप खोजी गरी कृति सार्वजनिक गर्न प्रोत्साहन गरिनुपर्नेमा कार्यक्रमका वक्ताले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।