काठमाडौं– नेपाली सेनाका हालै अवकाशप्राप्त उपरथी पूर्ण सिलवालले (नेपाल्स इन्स्ट्याविलिटी कन्ड्रम अर्थात् नेपालमा अस्थिरताको रहस्य) नामक पुस्तक बजारमा ल्याउनुभएको छ ।
राष्ट्रिय हितका विषयमा लामो समयदेखि विभिन्न लेखहरू लेख्दै आउनुभएका सिलवालले नेपालको राष्ट्रिय सुरक्षा नीति तयार पार्न भूमिका खेल्नुभएको थियो ।
उहाँको पुस्तकमा नेपाल राष्ट्र स्थापनाको दर्शन र भिजन, मुलुकको मुलभुत मान्यता (कोर भ्यालु), राष्ट्रिय हित, यी दुवैमाथि उत्पन्न आन्तरिक र बाह्य खतरा, राष्ट्रिय सुरक्षा र स्थिरताका अवधारणाको विकासलगायत विषयमा स्पष्टरूपमा चर्चा गरिएको छ ।
यस्तै, नेपाल स्वतन्त्र हुनुको ताकत र स्थिर नेपाल निर्माणमा खेल्न सक्ने भूमिकाबारे सिलवालले किताबमा समेट्ने प्रयास गर्नुभएको छ ।
पुस्तकमा मुलकमा विकसित राजनीतिक अस्थिरताका कारण, संवैधानिक राजतन्त्रको ढल्नु र गणतान्त्रिक व्यवस्था पनि अस्थिर बन्नुका कारण पनि विश्लेषण गरिएको छ ।
यस्तै, पुस्तकमा नागरिक र सैनिकबीको सम्बन्ध कस्तो हुनुपर्छ भन्नेबारे पनि चर्चा गरिएको छ । डा. सिलवालले सैन्य विकास, राष्ट्रिय सुरक्षा, परराष्ट्र रणनीतिलगायत थुर्पै विषयमा अनुभव बटुल्नुभएको छ ।
उहाँको पुस्तक इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिजले प्रकाशन गरेको हो ।
प्रतिक्रिया