अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उत्कृष्ट डकुमेन्ट्री पुरस्कार गणेश पाण्डेद्वारा निर्देशित ‘सिभिल सोल्जर’ लाई प्रदान

उत्कृष्ट डकुमेन्ट्री पुरस्कार गणेश पाण्डेद्वारा निर्देशित ‘सिभिल सोल्जर’ लाई प्रदान


काठमाडौं– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानले आज ‘चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण’ कार्यक्रमको आयोजना गरी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरेको हो । प्रतिष्ठानले यो वर्षको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी भारत’ लाई प्रदान गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मितर्फ दोन्डुप टेसरिङले निर्देशन गरेको ‘आमा कान्दो’ नामक चललित्रलाई प्रदान गर्नुभयो ।

त्यसैगरी, उत्कृष्ट निर्देशन पनि ‘आमा कान्दो’ का निर्देशक दोन्डुप टेसरिङलाई प्रदान गरिएको छ । उत्कृष्ट प्यानडामिक डकुमेन्ट्रीतर्फ गणेश पाण्डेद्वारा निर्देशित ‘सिभिल सोल्जर’ लाई प्रदान गरिएको छ ।

त्यसैगरी, उत्कृष्ट सिनेमाटोग्राफ्रतर्फ सिरिष गुरुङ, उत्कृष्ट लेखक (पुरुष) मा नवीन शिल्पकार र महिलातर्फ करिता गिरिलाई प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले पाँचौँ संस्ककरणको आवेदन खुल्ला गरिएको जानकारी दिनुभयो ।

Skip This