बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हो ।
मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले जानकारी दिनुभयो ।
प्रतिक्रिया