अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानमा थप ३८५ तालिवान लडाकू मारिए, २१० जना घाइते

अफगानिस्तानमा थप ३८५ तालिवान लडाकू मारिए, २१० जना घाइते


काबुल– अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकू मारिएका छन् ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरू २१० जना घाइतेसमेत भएका छन् ।

देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्तसमेत भएको जनाएका छन् ।

विषेश गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलान र कापिसा प्रान्तमा घटना भएका हुन् ।

पछिल्ला केही हप्ता अफगानिस्तनमा सुरक्षा कारबाहीमा परी मृत्यु भएकाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ ।

तालिवान लडाकूले देशका विभिन्न सहरलाई आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन् ।