अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यार्थीलाई छिटो खोपको व्यवस्था गर्न संयुक्त विद्यार्थी संगठनको माग

विद्यार्थीलाई छिटो खोपको व्यवस्था गर्न संयुक्त विद्यार्थी संगठनको माग


काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

विद्यार्थी नेताहरूले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर परीक्षाम सहभागी विद्यार्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जनकारी दिनुभयो ।

साथै, विद्यार्थी संगठनले विश्वविद्यालय मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा सम्पूर्ण परीक्षा केन्द्रहरूमा स्वास्थ्य मादपण्ड अपनाएर परीक्षा अगाडि बढाउन पुनः अनुरोध गर्दै सम्पूर्ण विद्यार्थीलाई परीक्षामा सहभागी हुन अनुरोधसमेत गरेको छ ।