अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यौनकाण्डमा मुछिएका गभर्नरका सहयोगीद्वारा राजीनामा

यौनकाण्डमा मुछिएका गभर्नरका सहयोगीद्वारा राजीनामा


 

न्युयोर्क- अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्ड्र्यु क्युओमो यौन उत्पीडन काण्डमा फसिरहेको अवस्थामा उनका वरिष्ठ सहयोगी मेलिस्सा डिरोजाले पदबाट राजीनामा दिएकी छन् । उनले आइतबार राजीनामा दिने घोषणा गरेकी हुन् । उनले न्युयोर्कका जनताका लागि काम गर्दा आफ्नो जीवनै निकै सम्मानित भएको महसुस गरेको प्रतिक्रिया दिएकीछन् ।

गत साता सार्वजनिक भएको एक प्रतिवेदनमा क्युओमामाथि ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको अभियोग लगाइएको थियो । क्युओमाले आफूविरुद्ध लगाइएका सम्पूर्ण आरोप अस्वीकार गर्दै आफू पदमा रहिरहने प्रतिबद्धता जनाएका छन् । तर, उनीविरुद्ध छिटै महाभियोग लगाइन सक्ने बताइएको छ ।

राज्यको महान्यायाधिवक्ता लेटिसिया जेम्सबाट प्राप्त प्रतिवेदनमा क्युओमाले थुप्रै महिलालाई यौन उत्पीडन गरेको, तथा राज्य एवं संघीय कानुन उल्लंघन गरेको उल्लेख गरिएको छ । १ सय ६८ पृष्ठ लामो सो प्रतिवेदनमा डिरोजाको नाम १ सय ८७ पटक उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ताहरूले पाँच महिना लगाएर कर्मचारी र केही उजुरीकर्तालगायत झन्डै दुई सय व्यक्तिमाथि सोधपुछ गरेर सो प्रतिवेदन तयार पारेका थिए । अनुसन्धानको क्रममा दशौं हजारवटा दस्तावेज, टेक्सट मेसेज र तस्वीरहरूमाथि अनुसन्धान गरिएको थियो ।