अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटकर तुलसा अधिकारी थाइलेण्डबाट पक्राउ

टिकटकर तुलसा अधिकारी थाइलेण्डबाट पक्राउ


काठमाडौं- टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई पक्राउ परेकी छन्।

इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएकी उनी थाइल्यान्डमा पक्राउ परेकी हुन्।

अहिले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको एसपी गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय तुलसा चीनमा बस्दै आएकी थिइन्। तर त्यहाँबाट उनी थाइल्यान्ड पुगेपछि इन्टरपोलले पक्राउ गरेको हो।

उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा पेस गर्ने तयारी छ।

तुलसाविरूद्ध प्रहरीले केही समय अगाडि नै मुद्दा दर्ता गरिसकेको छ।

उनीविरूद्ध आपराधिक लाभ र ठगीको कसुर थियो।