काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।
आइतबार बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । सोही बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयनका विषयमा छलफल गर्ने कार्यसूची छ ।
बैठकमा अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारीलगायत विषयमा छलफल हुने कार्यसूची छ ।
जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ प्रतिशत बढी मत प्राप्त गर्ने पदाधिकारीका उमेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने, सम्बन्धित तहको अधिवेशनमा उमेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने लगायतबारे छलफल गर्ने कार्यसूची छ ।




प्रतिक्रिया