अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तालिबान लडाकुहरू राजधानी काबुल छिर्न थाले

तालिबान लडाकुहरू राजधानी काबुल छिर्न थाले


काबुल– अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिर्न सुरू गरेका छन् ।

समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिर्न थालेका हुन् ।

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कुन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ ।

उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन् ।

आइतबार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए ।

बीबीसीकी याल्दा हकिमका अनुसार काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले ठूला प्रतिरोधको सामना गरिरहनुपरेको छैन ।

अफगान राष्ट्रपतिको कार्यालयले भने स्थिति नियन्त्रणमा भएको दाबी गरेको छ ।

राष्ट्रपतिको कार्यालयले पास्तो भाषामा ट्विटरमा लेखेको छः ‘काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ ।’