अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानका राष्ट्रपतिद्वारा आपतकालीन बैठक आह्वान

अफगानिस्तानका राष्ट्रपतिद्वारा आपतकालीन बैठक आह्वान


काबुल– अफगानिस्तानको राजधानी काबुल शहरमा विद्रोही तालीबानी लडाकूहरू प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाउनुभएको छ ।

उहाँले नेटोका अधिकारीहरूसँग वार्ता थाल्नुभएको हो । राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताउनुभएको थियो । अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताउनुभएको थियो ।

आइतबार बिहानैदेखि तालीबानीहरू काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ । तालीबानीहरूले काबुल बाहेकका शहरहरू कब्जामा लिइसकेका छन् ।