अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एएफसी एसिया कप छनोटका लागि नेपाली महिला टोलीको घोषणा

एएफसी एसिया कप छनोटका लागि नेपाली महिला टोलीको घोषणा


काठमाडौं– एएफसी महिला एसियन कप छनोट फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टाेलीकाे घोषणा गर्नुभएकाे अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएकाे छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टाेली घाेषणा गरिएकाे हाे ।

एएफसी महिला एसियन कप छनोट फुटबल उज्वेकिस्तानमा हुँदैछ । समूह ‘एफ’मा नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ मा पहिलाे खेल खेल्नेछ । दोस्रो खेल नेपालले हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनाेट हुनेछ ।

नेपाली टाेली : अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दीपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरू लिम्बु र सिर्जना सिंह ।