काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । उहाँले आज पत्रकार सम्मेलनको योजना गर्दै पदबाट राजीनामा दिनुभएको हो ।
सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिनुभएको थियो ।
मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उहाँले राजीनामापत्र बुझाएउनुभएको हो ।
मन्त्रालयले समेत साउदलाई स्पष्टिकरण सोधेको थियो ।
प्रतिक्रिया