अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज


दाङ-दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिँचाइ सुविधामा सहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिँचाइ पुग्ने गरेको छ ।

बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिँचाइ भइरहेको छ भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुई सय बिघा जमिनमा पनि सिँचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले बताए।

उनका अनुसार उक्त ड्याम निर्माण भएपछि सिँचाइ मात्रै नभई आसपासका कुवा तथा इनारहरूमा पानीको स्तर बढेको छ । यसले गर्दा पानीको सहजता भएको छ।

विगतमा चैत महिनामै सुक्ने इनारहरू अहिले तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बताए । विगतमा सिँचाइ नहुँदा सुक्खा रहने जमिनहरू अहिले हराभरा हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार हाल सो क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको छ। यसरी कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षण गर्नुका साथै कृषि क्षेत्रको रूपान्तरणमा पनि भूमिका खेलेको वडाध्यक्ष वलीले बताए । सोही ड्याममा डुङ्गा पनि छ । त्यसलाई सञ्चालन गरेर आम्दानी पनि हुने गरेको छ ।