अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो सम्झनामा आमा-दिदीबहिनी हो…

मेरो सम्झनामा आमा-दिदीबहिनी हो…


“आफ्नै पौरख खान्छन आफ्नै सीपमा बाँच्छन्
दुःख कष्ट सहेर सृष्टिले यिनले नै थाम्छन् ।
असल महान व्यक्तिहरु यिनैले नै जन्माउँछन् ।
ज्ञानगुन बुद्धिहरु यिनैले सिकाउँछन् ।
तर पनि अध्यारोमा जीवन विताउँछन् ।
आमा दिदी बहिनी हो कति बस्छौ दासी झै
सुखको सधै प्यासी वनेर………………….।

– जेबी टुहुरे ।

केहीबेर अघि जनगायक जेवी टुहुरेको निधन भएको खबर सुनेपछि यो गीत मेरो कानमा झन् धेरै गुञ्जिए जस्तो महसुष भइरहेको छ ।

यी गीतका पक्ति सुनेर, पढेर सायद भाव विव्हल नहुने कोही पनि छैन होला । नेपाली महिलाको दर्दनाक कथाकाव्यमा यस गीतमा अभिव्यक्त भएको छ नेपाली महिला दिदीबहिनीहरुले दुःख कष्ट गरी आफ्नै पौरखमा बाँचेता पनि निकै कष्टकर प्रशव पिडा सहेर सृष्टि थाम्दै असल महान व्यक्ति जन्माएर ज्ञान गुन र बुद्धि सिकाउने नेपाली आमा दिदी बहिनीहरु आफै अन्धकार र अन्याय अत्याचारमा पिल्सीएका छन् । यिनै आमा दिदी बहिनीहरु दासि वनेर वस्नु परेको छ । आकाशको कालो बादल उनकै शिरमाथी मडारिने वर्खे झरीमा असिनाले यिनैलाई निसानी लगाउँछ । वैखाखको घाम यिनकै पुर्पुरोमा लाग्छ पानी वगेसरी यिनकै शरीरबाट खुन वग्दछ चुलोचौको र आँगनमा सिमित हुनुपर्ने उनीसँग कला सीप र संस्कृतिको झण्डार भएता पनि कहिल्यै कतै प्रदर्शन गर्न नपाएको कैदी सरह जीवन विताएका नेपाली नारीहरुलाई सचेत गराउँदै अव रकेट चढेर चन्द्रमामा पुग्न सक्छौ । युगले आज मागेको छ जाग उठ नारीहरु सिर्जनाको घाम वनेर भन्दै अन्धकार अन्याय अत्याचारमा पिल्सीएका महिला आमा दिदी वहिनीहरुलाई आव्हान गर्दै गीत गाउने जनवादी कलाकार जेवी टुहुरे हुनुहुन्छ ।

धरानमा वि.सं. २०११ सालमा जन्मेका जेवी टुहुरेको पूरा नाम जुठबहादुर खड्गी हो । त्यस्तै उनले जनताका गीतहरु थु्प्रै गाएका छन् । उनको अर्को लोकप्रिय गीतको पक्ति सानो झलक यस प्रकार रहेको छ ।

“वसाइ हिड्नेको तातीले वस्नेको मन हराउँछ
लाखौंको लागि उजाड छ यो देश मुठ्ठी भरलाई त स्वर्ग छ ।
छोरा छोरीको आँशु देख्दा छाती पोलेर आउँदछ
साहुँको ऋण सम्झदा मनमा डढेलो लाग्दछ ।”

ऋणको बोझले र घरमा विहान बेलुकाको छाक जोहो गर्न नसकेर नेपाली युवाहरुलाई आफ्नो जहान छोराछोरी, बुबा आमालाई छोडेर विदेशीन बाध्य भएका छन् । यस गीतमा नेपाली समाजको यथार्थ चित्रण गर्दै अव युवाहरु विदेश नजाउँ शत्रुलाई मासी आफ्नै देशलाई झलमल पारेर वसौ भन्ने सन्देश दिइएको छ । प्रगतिवादी लोकप्रिय श्रष्टा जेवी टुहुरेले नेपाली वामपन्थी आन्दोलन, राजनीतिक परिवर्तन र समाज रुपान्तरणका निम्ति कलाक्षेत्रबाट अतुलनीय योगदान पुर्‍याउनुभएको छ ।

मेरो त्यो बाल्यकालको मानसपटलमा आमा दिदी बहिनी बोलको गीतले मलाई राजनीतिक यात्रामा एक कदम अगाडि वढाउन निकै प्रेरणा मिलेको महसुस गरेकी छु । त्यो पञ्चायती काल रात्रिपछि अग्र मोर्चामा उभिएर आन्दोलनमा लाग्न म लगायत थुप्रै व्यक्तिहरुको प्रेरणाको स्रोत बनेको थियो त्यो गीत । देश तथा प्रवासमा आफ्नो कला प्रस्तुती गर्ने क्रममा धेरै श्रष्टा नेता र कार्यकर्ता जन्माउनु भयो । जेवी टुहुरेले गाउनु भएको गीतहरु भूमिगत कालमा हामीहरूले गाउँटोल वस्ती वस्तीका दिदी बहिनीहरुलाई सुनाउने गर्दथ्यौं । ती गीतबाट प्रभावित भएर दिदी बहिनीहरू घरको काम मेला पात सकेर संगठनको काममा जुट्ने गर्दथे । आधा आकाश ओगटेका महिलाहरूलाई क्रान्तिमा होमिन निकै उर्जा मिलेको थियो ।

देशमा व्याप्त अन्याय, अत्याचार, शोषणा दमन, उत्पीडन र अन्धकारमा जीवन विताउन बाध्य भएका जनमानसलाई त्यसको विरुद्ध सुसुचित गर्नमा ठूलो भूमिका रहेको पाइन्छ । श्रमजिवी, गरिव, किसान, महिला र दलितका हक अधिकार प्राप्तिको लागि जुर्मुराउन आव्हान गर्दै देशमा विद्यमान महंगी, भ्रष्टाचार र वेरोजगारीले जनतालाई आक्रान्त बनाएकोले वागडोर सम्हाल्ने सत्ताधारीप्रति आक्रोश व्यक्त गरी जनतालाई एकजुट भएर ठेगान लगाउन जनलाई आव्हान गर्नुका साथै युगौं देखि रहेको राजतन्त्रात्मक शासन व्यवस्थाको विरुद्धमा र लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाको निम्ति आवाज बुलन्द गरिएको पाइन्छ ।

२०४६ सालको जनआन्दोलनमा होस चाहे २०६२/०६३ को दोस्रो जनआन्दोलन होस् वहाँका गीत संगित राजनीतिक परिवर्तनको निम्ति कोशेढुंगा सावित भएको छ । उहाँको योगदानको उचित कदर गरेर दोस्रो संविधानसभा सदस्य मनोनित हुनुभएको थियो । उहाँसँगै थुप्रै कार्यक्रममा सहभागी भएको सम्झनाले तरगिंत बनाएको छ । मेरो बुबा प्रचण्ड बहादुर बुढाथोकी र उहाँ जनसांस्कृतिक महासंघ आवद्धसँगै कार्यक्रममा हिड्दा छोरी भनेर सम्बोधन गरेको शब्द मेरो कानमा गुन्जिरहेको छ । संविधानसभा सदस्य भएपछि सँगै काम गर्ने मौका मिल्यो ति सम्झनाका पहरु मेरो मनमा भडारिरहेको छ । आज उहाँको मृत्यूको खबर सुनेर म दु:खी भएकी छु ।

अतः म यो कुरालाई उजागर गर्दछु की नेपाली राजनीतिक परिवर्तन र समाज रुपान्तरणका निम्ति प्रगतिवादी श्रष्टाहरुको भूमिकालाई नकार्न मिल्दैन । देशमा व्याप्त अन्याय, अत्याचार, शोषणा दमन, उत्पीडन र अन्धकारमा जीवन विताउन बाध्य भएका जनमानसलाई त्यसको विरुद्ध सुसुचित गर्नमा ठूलो भूमिका रहेको पाइन्छ । श्रमजिवी, गरिव, किसान, महिला र दलितका हक अधिकार प्राप्तिको लागि जुर्मुराउन आव्हान गर्दै देशमा विद्यमान महंगी, भ्रष्टाचार र वेरोजगारीले जनतालाई आक्रान्त बनाएकोले वागडोर सम्हाल्ने सत्ताधारीप्रति आक्रोश व्यक्त गरी जनतालाई एकजुट भएर ठेगान लगाउन जनलाई आव्हान गर्नुका साथै युगौं देखि रहेको राजतन्त्रात्मक शासन व्यवस्थाको विरुद्धमा र लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाको निम्ति आवाज बुलन्द गरिएको पाइन्छ । साम्राज्यवादी विस्तारवादको मुटु थर्काउदै अश्लिल र छाडा संस्कृतिको विरुद्धमा धावा बोल्दै इतिहासका गौरवगाथा नेपाली एकता, राष्ट्रिय स्वाधिनता र अखण्डताका पक्षमा सिर्जनाका स्वरहरु घन्काउने स्रष्टाहरुको योगदानलाई राज्यले कदर गरोस, सम्झना गरोस्, प्रगतिवादी वरिष्ट कलाकार जेवी टुहुरेको आत्माले पनि शाय यसै भन्दो हो । टुहुरे दाजु नभए पनि उहाँका सृजना सिर्जना सदा सदा वाँचिरहुन ।

(कलाकार जलेसा, संविधानसभाका सदस्य हुनुहुन्छ ।)