काठमाडौं -हिमालयन ह्वाइटहाउस आईबी वल्र्ड स्कूल र कलेजले ११ वर्षको उमेरमा नै प्रोफेसर भनेर आफूलाई चिनाउन सफल सुवर्णो आइज्यक बारीको उपस्थितिमा बृहत टक सो गर्ने भएको छ ।
हिमालयन ह्वाइटहाउस स्कुलले आइतबार युवा विद्यार्थीलाई लक्षित गरी परिसंवाद गर्न लागेको स्कूलका अध्यक्ष युवरजा शर्माले जानकारी दिनुभयो ।
स्कुलले आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले बताए अनुसार बारी, बैंकर अनिल केशरी शाह र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गोदाबारी सनराइज हलमा चार हजार विद्यार्थी तथा अभिभावकको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालयबाट विद्यार्थी तथा शिक्षकहरु सहभागी हुनेछन् ।
त्यसैगरी हिमालयन ह्वाइटहाउस स्कुल तथा स्कुलमा भोलि बारी साइन्स ल्याब स्थापनाका लागि दुइपक्षीय सम्झौता हुने सम्मेलनम जानकारी दिइएको छ । सो ल्याबबाट स्कुल तथा कलेजका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने कलेजले विस्वास लिएको बताएको छ ।
प्रतिक्रिया