अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको चुलाचुलीमा हुने चुनावी सभालाई आज अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

इलामको चुलाचुलीमा हुने चुनावी सभालाई आज अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चुनावी आमसभालाई सम्बोधन गर्न इलामको चुलाचुली जाँदैहुनुहुन्छ । अध्यक्ष ओली अहिले बिहान ११ बजेको जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुलीतर्फ जानुहुनेछ ।
बैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले माओवादी गठबन्धनले आज दक्षिण इलामको चुलाचुलीमा आमसभाको आयोजना गरेको छ । चुनाव प्रचारका लागि आज अन्तिम दिन भएकोले आजको आमसभाको विशेष अर्थ रहने इलामेलीहरु बताउछन् । अध्यक्ष ओलीले अस्ती ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनवाीसभालाई सम्बोधन गर्नुभएको थियो ।
गत भदौको २६ गते यस क्षेत्रबाट निर्वाचित साँसद तथा एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेका तर्फबाट सुहाङ नेम्वाङ प्रतिष्पर्धामा हुनुहुन्छ ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज दमक स्थित आफ्नो निवासमा बस्नुहुनेछ । आज साँझका बसै भेटघाट इलामका नेता तथा कार्यकर्ता केन्द्रीत गरिने भएको छ । अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण शक्ति यस निर्वाचनमा केन्द्रीत गर्न नेता कार्यकर्तालाई पटक पटक निर्देशन दिनुभएको छ । अध्यक्ष ओली भोली विहान भद्रपुर विमानस्थलबाट काठमाडौं फर्किने कार्यक्रम छ ।