अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

इलाम क्षेत्र २ उपनिर्वाचन: ६० प्रतिशत मत खस्यो

इलाम क्षेत्र २ उपनिर्वाचन: ६० प्रतिशत मत खस्यो


इलाम-इलाम क्षेत्र २ को आज (शनिवार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ कुल मतदाता रहेकामा ६९ हजार २८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ। 

इलाम क्षेत्र नम्बर २ मा आजै रातिबाट मतगणना सुरु हुने आयोगले बताएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आजै राति ११ बजेसम्म मतगणना सुरु हुनेछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ। मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।